३ असार २०८१, आईतवार
Follow Us

कोरोना संक्रमणले २ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७७, शनिबार ०७:३१

काठमाडौं । कोरोना संक्रमणले आज दुई जनाको मृत्यु भएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा १ जना र नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा १ जनाको शनिबार निधन भएको हो ।

आज बिहान कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए । संक्रमित पुरुष तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० वर्षीय वृद्धको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक उदय नारायण सिंहले जानकारी दिए ।

मृतक वृद्धका साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो र कमजोरीको समस्या देखिएपछि उनी साउन २४ गते अस्पताल भर्ना भएका थिए । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १०१ सय एक पुगेको छ ।