१६ बैशाख २०८१, आईतवार
Follow Us

नेपालमा आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७७, बुधबार ०९:११

काठमाडौं । पछिल्लो २२ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ । काठमाडौ, बाँके, बारा, भक्तपुर, धनगढीमा भएको मृत्युसँगै मृतकको संख्या १७२ पुगेको हो ।

गएको २२ घण्टामा पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

त्यस्तै मंगलबार राति नै बाँकेमा पनि कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका एक बिरामीको बुधबार बिहान मृत्यु भएको छ ।