२४ असार २०८२, मंगलवार
Follow Us

नेपालमा थपिए १५५९ कोरोना संक्रमित, ७ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७७, बुधबार ११:३८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौका दुइ महिला र एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

धेरै पढिएको