२५ बैशाख २०८१, मंगलवार
Follow Us

शिक्षा सचिवको टोली डा. केसीलाई भेट्न शिक्षण अस्पतालमा

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७७, मंगलवार १२:१५

काठमाडौं । विगत २२ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल पुगेको छ । अनशनरत डा. केसीलाई भेट्न शिक्षा सचिवसहित तीन जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको छ ।

जवाफमा डा. केसीले भने यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भनेका छन् । आफ्ना मागहरुबारे छलफल गर्ने हो भने औपचारिक रुपमा वार्ता टोली पठाउनुपर्ने उनको अडान छ । हालसम्म सरकारकोतर्फबाट डा. केसीको माग सम्बोधन गर्नका लागि कुनै पहल नभएको भन्दै आलोचना भइरहेको छ ।