३१ बैशाख २०८१, सोमबार
Follow Us

राप्रपा नेता राजेन्द्र लिङ्देन अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७७, शुक्रबार ०३:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

केही दिनदेखि अस्वस्थ उनीमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि उनलाई झापावाट एयर एम्बुलेन्समा काठमाडौं ल्याएर भर्ना गरिएको हो । निमोनियाले ग्रस्त बनाएपछि उनलाई नेपाली सेनाको एयर एम्बुलेन्समार्फत हिजो साँझ काठमाडौं ल्याइएको हो ।

उनको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल र्‍यालीको नेतृत्व गरेका थिए ।