३१ असार २०८२, मंगलवार
Follow Us

चन्द्रमाबाट चट्टान र धुलो लिएर पृथ्वीमा

नेपालब्रिटेन संवाददाता
२ पुष २०७७, बिहीबार ०६:४१

लन्डन । चीनको च्याङ्ग ई फाइभ अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यान आज विहान स्थानीय समय अनुसार एक बजेर तीस मिनेटमा भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो ।

सो यानले ल्याएको नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने विश्वास गरिएको छ । अहिलेको नमुना अध्ययनले चन्द्रमा भित्री रुपमा कसरी निर्माण भएको छ भन्ने थप जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो अभियान अन्तर्गत नमुना सङ्कलनका लागि चन्द्रमाको सतहमा जम्मा दुई दिन लागेको थियो । चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रबाट नमूना संकलन गरेको हो ।

अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको चालिस वर्ष भन्दा बढी चीनले नमूना ल्याउन सफल भएको हो ।

च्याङ्ग ई फाइभ सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा हेरिएको छ । च्याङ्ग ई फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो ।

धेरै पढिएको