७ जेष्ठ २०८१, सोमबार
Follow Us

संसद विघटनविरुद्ध सर्वोच्च १३ वटा रिट दायर, ८ गतेका लागि पेशी तोकियो

नेपालब्रिटेन संवाददाता
६ पुष २०७७, सोमबार १०:१२

काठमाडौँ । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । ती रिटमाथिको पेशी पुस ८ गते बुधबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ । रिटमा राष्ट्रपतिले संसद विघटन गर्दा आधार मानेका संविधानका धाराहरुमा प्रश्न उठाइएको छ । त्यस्तै, अन्य अधिवक्ताहरुले दिएको रिट पनि दर्ताको प्रक्रियामा छ ।