३० बैशाख २०८१, आईतवार
Follow Us

पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ

नेपालब्रिटेन संवाददाता
२० पुष २०७७, सोमबार ०५:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि भारत गएका छन् । पत्नी सीता दाहालको उपचार भारतको मुम्बइ गर्ने तयारी भएको छ ।

उनी सोमबार बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गरेको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष दाहालले हिजो आइतबारको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए ।

सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी छन् । उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो ।

यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।