३२ असार २०८२, बुधबार
Follow Us

मोरङमा डिजेल तस्करीको आक्रमणमा परी असई माझी घाइते

नेपालब्रिटेन संवाददाता
२५ माघ २०७७, आईतवार ०७:०९

मोरङ ।मोरङमा डिजेल तस्करीमा संलग्न गिरोहको आक्रमणमा परेर नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक ‘असई’ गम्भीर घाइते भएका छन् ।

जहदा गाउँपालिका–५ लक्ष्मीनीयास्थित प्रहरी चौकी मझारेका प्रमुख रामकुमार माझीमाथि शनिबार राति ज्यानै लिने हिसाबले आक्रमण भएको हो । गम्भीर घाइते माझीलाई विराटनगर अस्पतालमा भर्ना गरिएको छ ।

डिजेल तस्करी गरेर भारततिर लैजाँदै गरेका जहदा–७ का २१ वर्षीय बब्लु साहले असइ माझीमाथि आक्रमण गरेका हुन् । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तीनवटा ड्रमसहित तस्करीको एक सय ५० लिटर डिजेल र डिजेल तस्करीमा प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

भारतमा महँगो पर्ने भएकाले नेपालबाट तस्करको गिरोहले सुरक्षाकर्मीलाई छलेर लुकाईछिपाई इन्धन तस्करी गरी भारत पुर्‍याउँदै बिक्री गर्ने गरेका छन् ।

धेरै पढिएको