काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३४ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय १८ जना संक्रमित निको भएका छन् ।
हाल कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ सय ५३ जना रहेको छ । ८८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।