१ श्रावण २०८२, बिहीबार
Follow Us

अहिलेको संघर्ष पदका लागि होइनः प्रचण्ड

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७७, मंगलवार ०९:४१

चितवन । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुुष्पकमल दाहालले अहिलेको संघर्ष केही व्यक्ति र पदका लागि नभएको दाबी गरेका छन् ।मंगलबार गृह जिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानको रक्षा, जनताको मुक्ति र हितका लागि आन्दोलन गर्नुपरेको बताएका हुन् । अवैधानिक चुनाव नगर्न आग्रह गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा पुनर्स पना हुने विश्वस्त रहन समेत आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले आफ्नो पक्षमा स्पस्ट रुपमा बहुमत हुनेगरि सदस्य रहेको भन्दै भन्दै निर्वाचन आयोगले बहुमतलाई मान्यता दिने दावी गरे । आयोग आफैले बहुुमतलाई मान्यता दिने बताईसकेको भन्दै सुुर्य चिन्ह आफ्नो हुुने उनको भनाइ छ ।

आयोगले सुुर्य चिन्ह खारेज गर्ने हल्ला सुनिएपनि तेसो नहुने उनले जिकिर गरे । निर्वाचन आयोगलाई शंका छ भने ४ सय ४१ केन्द्रीय सदस्यलाई एकएक हेरेर निर्णय गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ । उनले जनताको आवाजलाई संवैधानिक निकायले पनि सुन्नुपर्ने जिकिर गरे । नेकपामा विवाद देखिएसँगै ध्रुवीकरण शुरु भएको जिकिर गर्दै अध्यक्ष दाहालले पार्टीबाट बाटो विराएकाहरु ढिलोचाँडो आफूहरु भएकै ठाउँमा आउने दावी दोहो¥याए ।

धेरै पढिएको