१० जेष्ठ २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७७, आईतवार ०५:४२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले आफूले खोप लगाएर दोस्रो चरणको खोप अभियानको औपचारिकरुपमा शुभारम्भ गरेका छन्।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका हुन्। दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ। दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ। खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ। यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो। पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो।