२३ बैशाख २०८१, आईतवार
Follow Us

नारायणी अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७८, शुक्रबार ०३:१७

पर्सा । पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । उनिहरुको गएराति मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगंज महानगरपालिका–३ की ४७ वर्षीया महिला, वडा नम्बर १६ नगवाकी ४८ वर्षीया महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोसन दासले जानकारी दिए।

वीरगंज महानगरपालिका वडा नम्बर ३ की महिलालाई १४ गते अस्पताल भर्ना गरिएको थियो। वडा नम्बर १६ नगवाकी महिला १२ गतेदेखि नै भार्ना भएर उपचाररत थिइन्। त्यस्तै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुष १० गते अस्पताल भर्ना भएका थिए।

यो पछिल्लो मृत्युसंगै गएको ५ दिनमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत १५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

पर्सामा सोमबार तीन जना, मंगलबार ४ जना, बुधबार ४ जना, बिहीबार १ जना र गएराति ३ जना गरी १५ जना कोराना संक्रमितले ज्यान गुमाएका हुन। मृत्यु हुनेहरू सबै गम्भीर किसिमको निमोनियबाट ग्रसित रहेको नारायणी अस्पतालले जनाएको छ।

योसहित पर्सामा १९ जनाको मृत्यु भइसकेको छ भने, बारामा ५ जना, सर्लाहीमा २ जना, रौतहटमा एक जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।