काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको छ । विश्वासको मत लिने प्रस्तावमा संसदबाट अस्वीकृति भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहेका छन् ।
प्रधानमन्त्री ओलीले पदमा कायम रहन १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् ।