६ श्रावण २०८२, मंगलवार
Follow Us

देउवा भेट्न प्रचण्ड बूढानीलकण्ठमा

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७८, बिहीबार १०:०६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठ पुगेका छन् । दाहाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटन् उनको निवासमा पुगेका हुन् । भेटमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागि भएका छन् ।

बहुमतको सरकार बनाउन आह्वान भएको तीन दिनको समय आज राति सकिँदैछ । त्यसै विषयमा दुई नेताबीच छलफल भइरहेको हो । नेताहरुले भेटवार्ता तीव्र पारेका छन् । आज बिहानमात्रै देउवा निवासमा जसपाका नेता राजेन्द्र महतो पुगेका थिए ।

धेरै पढिएको