६ श्रावण २०८२, मंगलवार
Follow Us

बेलायतका प्रधानमन्त्री बोरिसले सुटुक्क भित्र्याए दुलही

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७८, आईतवार ०२:१७

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गर्नुभएको छ । प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गर्नु भएको बताइएको छ ।

प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको विभिन्न पत्रपत्रिकाहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले बधाई प्रधानमन्त्रीलाई वैवाहिक जीवनको बधाई दिनुभएको छ ।

यसैगरी उत्तरी आयरल्याण्डका प्रथम मन्त्री आर्लिन फोस्टरले पनि ट्वीटर मार्फत् जोनसनलाई बधाई दिनुभएको छ । ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह गर्नुभएको हो ।

धेरै पढिएको