२५ बैशाख २०८१, मंगलवार
Follow Us

एकताका लागि नेपाल पक्षका ६ बुँदे बटमलाइन

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७८, शनिबार १०:५९

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी एकताका लागि ६ बुँदे शर्त अघि सारेको छ । अध्यक्ष केपी शर्मा ओलीसँग ६ बुँदे शर्त अघि सारेको उक्त शर्त नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले निकालेका निष्कर्षलाई स्थायी कमिटीमा छलफलपछि आजै सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

नेपाल पक्षको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय सदस्यहरुको बैठकमा भएको छलफलको निचोड अनुसार ओलीसँग एकताका लागि आफ्नो बटमलाइन तयार पार्न लागिएको बैठकमा सहभागी एक नेताको भनाई छ ।

नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकताका लागि ओली समक्ष ६ बुँदे प्रस्ताव पारित गरेको हो । पहिलो शर्त पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने हुने ती नेताको भनाई छ ।