२८ बैशाख २०८१, शुक्रबार
Follow Us

जसपा अध्यक्ष यादवले सरकारमा गएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधे

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७८, सोमबार ०४:२६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा स्पष्टीकरण सोध्ने क्रम अझै रोकिएको छैन । पछिल्लो पटक अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन । पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै उनले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन्।

जसपा स्रोतका अनुसार मन्त्रीहरुलाई सात दिनभित्र उचित जवाफसहितको स्पष्टीकरण बुझाउन भनिएको छ। यता महन्थ ठाकुर पक्षीय नेताहरुले भने हालसम्म आफुहरुले कुनै पनि स्पष्टीकरण पत्र नपाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा जसपाका तर्फबाट ११ जना मन्त्रीहरु सहभागी भएका छन्।

संसदीय दलका नेतासमेत रहेका राजेन्द्र महतोको नेतृत्वमा शरदसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, राजकिशोर यादव, विमल श्रीवास्तव,उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मिया, चन्द्रकान्त चौधरी र रेणुका गुरुङ सरकरमा सहभागी भएका थिए।