काठमाडौं । नेकपा (एमाले) औपचारिकरुपमै २०७५ जेठ २ गते फर्कने भएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले पुरानै संरचनामा पार्टीलाई फर्काउन असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
स्याथी कमिटी सदस्य किरण गुरुङका अनुसार यसबीच घटनाक्रम समीक्षा गर्दै असार १६ गते केन्द्रीय कमिटी बैठकले पार्टीलाई पुरानै संरचनामा फर्काउने छ । नेकपा एमालेले माधवकुमार नेपाल समूहलाई पार्टीमा फर्काउन अन्तिम प्रयास गरिएको हो ।