ताजा खबर
महाधिवेशनको मुखैमा गगन थापाको कित्ता परिर्वतन
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । आसन्न महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरिसकेका थापाले पौडेल पक्षमा औपचारिक रुपमा नै खुलाएका छन् । नेता थापा आज भएको सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा उपस्थित भएका थिए । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुने थापा आज भने पौडेल पक्षको भेलामा देखिएका हुन् ।
नेपाली कांग्रेस स्रोतका अनुसार,गगन शेरवहादुर देउवा सरकारमा स्वास्थ्यमन्त्री हुन चाहेका थिए । उनले यसको लागि सभापति देउवालाइ भेटन ८ जना युवा नेतालाइ वोकेर वालुवाटार समेत पुगेका थिए । प्रधानमन्त्री देउवाले उनलाइ मन्त्री वनाउन चाहेपनि कृष्णप्रसाद सिटौलाले उनलाइ सिफारिश गनुपर्नेथियो तर थापाले केही समय देखि नै सिटौलासंग सम्वन्ध टाढा वनाएर वसेका थिए ।

