२४ पुष २०८२, बिहीबार
Follow Us

एमाले स्थायी कमिटी बैठक जारी

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७८, शनिबार ०४:४२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो।

धेरै पढिएको