२२ माघ २०८२, बिहीबार
Follow Us

प्रतिनिधि सभामा बजेट प्रमाणीकरण भएको सन्देश

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७८, सोमबार १३:१३

काठमाडौं । प्रतिनिधि सभामा बजेट प्रमाणीकरण भएको सन्देश सुनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको दुवै सदनबाट पारित भई विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सन्देश प्रतिनिधिसभामा पढेर सुनाउनुभयो । अर्को बैठक असोज १४ बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।

त्यस्तै राष्ट्रियसभाबाट सुझावसहित पारित भई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभामा फिर्ता भइ आएको सन्देश पढेर सुनाइएको थियो । आजको बैठकमा पनि प्रमुख विपक्षी एमालेले नाराबाजीलाई निरन्तरता दियो ।

 

 

 

 

 

 

 

 

 

 

 

धेरै पढिएको