२५ भाद्र २०८२, बुधबार
Follow Us

रविले पाए पुनः नागरिकता

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७९, आईतवार ०९:३२

काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुनस् नागरिकता कायम भएको बताए ।

लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । ‘उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।’

उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

धेरै पढिएको