२२ भाद्र २०८२, आईतवार
Follow Us

उपनिर्वाचनका लागि नेकपा एसले उम्मेदवार तोक्यो, माओवादीले तोक्ने

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०८०, बुधबार ०७:००

काठमाडौं । बैशाख १५ गते इलाम–२ र बझाङ–१ (क) मा हुने उपनिर्वाचनका लागि माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीले उम्मेदवार तोकिसकेको छ भने माओवादी केन्द्रले पनि उम्मेदवार उठाउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । उनले भने, ‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ’ ।

माओवादी केन्द्रले इलाम-२ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनले भने‘, दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन ।’

धेरै पढिएको