कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएका चार जना किशोरको पहिचान खुलेको छ।
प्रशासन स्रोतबाट प्रशासनलाई प्राप्त विवरण अनुसार शनिबार दिउँसो करिब २ बजेतिर पानीमा डुबेका उनीहरूमा धनगढी–५ का १७ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतीक चौधरी, धनगढी–४ का १५ वर्षीय जेब भण्डारी र १७ वर्षीय जाबेज भण्डारी रहेका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, अन्य सुरक्षा निकायका अधिकारीहरू र स्थानीयवासीको सहयोगमा खोजतलास कार्य भएको थियो। दिउँसो करिब ३ बजे चारै जनालाई मृत अवस्थामा फेला पारिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट आफै घटनास्थलमा पुगी खोजतलासमा सक्रियता देखाएका थिए। प्रजिअ लम्सालले उद्धार तथा खोजविनमा संलग्न सबैलाई धन्यवाद दिँदै घटनाप्रति दु:ख व्यक्त गरेका थिए।