१४ आश्विन २०८२, मंगलवार
Follow Us

युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८२, शनिबार ०७:३४

काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी काँग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।

२४ भदौको प्रदर्शनको क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्ष मात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो ।

अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ । यसैगरी खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा युलेन्स रहेको बताइएको छ ।

हाल अनलाइनबाट कक्षा संचालन भइ रहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ । विद्यालले पूर्णरुपमा फेस ? फेस कक्षा ३-४ महिना भित्र संचालन गर्ने योजना बनाएको छ ।

धेरै पढिएको