 नेपालब्रिटेन संवाददाता
                    नेपालब्रिटेन संवाददाता 
            
            काभ्रे । लगातारको वर्षासँगै बिपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकाको चौकी डाँडा, रोशी गाउँपालिकाको चार सय बेसी, डाला बेसी, बिरुवा डाँडा, बोक्सी कुना र नार्के लगायतका स्थानहरूमा पहिरो र लेदो खसेर सडक दुवै तर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
सडक अवरोध हटाई यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सम्बन्धित स्थानको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरी कार्यालयले सबैलाई आग्रह गरेको छ।