 नेपालब्रिटेन संवाददाता
                    नेपालब्रिटेन संवाददाता 
            
            चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
भरतपुरस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ ।
घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था मध्येम र २५ जनाको अवस्था सामान्य रहेको पुरीले बताउनुभयो ।
दुई बस चालकमध्ये एक जना घाइते र एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ट्रकका चालक भने फरार रहेको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।