२२ मंसिर २०८२, सोमबार
Follow Us

भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०८२, सोमबार ०५:१४

रुसले भेनेजुएलाको नेतृत्वको पक्षमा उभिएको र अमेरिकी सरकारलाई काराकाससँग पूर्ण द्वन्द्व नगर्न आग्रह गरेको रुसी उप विदेशमन्त्री सेर्गेइ र्‍याबकोभले आइतबार बताएका छन् । उनले भने, “भेनेजुएलामा तनाव उच्च रहेको छ र बढ्दै गएको छ । मस्कोले त्यहाँ देखिएका पछिल्ला घटनाक्रमलाई गहिरो चासोका साथ हेरेको छ।”

र्याबकोभले भने, “भेनेजुयला विवाद यस क्षेत्रमा निर्विवाद प्रभुत्व कायम गर्ने वाशिंगटनको चाहनासँग जोडिएको छ र यो ट्रम्प प्रशासनको ट्रेडमार्क हो।”

दुई देशबीच हालै सम्पन्न रणनीतिक साझेदारी र सहयोगसम्बन्धी सम्झौतालाई उद्धृत गर्दै र्याबकोभले रुसले भेनेजुएलासँग बलियो ऐक्यबद्धता कायम राखेको पनि बताएका छन्। र्याबकोभले भने, “हामी भेनेजुएलालाई समर्थन गर्दछौँ, त्यसरी नै यसले हामीलाई समर्थन गर्दछ । यो कठिन समयमा हामी काराकास र उसको नेतृत्वसँग काँधमा काँध मिलाएर उभिएका छौँ।”

अमेरिकाले क्यारेबियन सागरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । पेन्टागनले सेप्टेम्बर २ यता क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागुऔषध जहाजहरूमा कम्तिमा २२ पटक आक्रमण गरेको छ, जसमा ८७ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
– एएफपी

धेरै पढिएको