२७ पुष २०८२, आईतवार
Follow Us

‘नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो: विश्वप्रकाश शर्मा

नेपालब्रिटेन संवाददाता
२७ पुष २०८२, आईतवार १३:००

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन जेड आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबहिनी हुन् । २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र ?’ उनले भने, ‘कम्तीमा त्यतिका ज्यान जाने थिएन होला । भोलिपल्टको त्यो विध्वंश हुँदैनथ्यो होला ।’

उनले २३ र २४ को घटनालाई निष्पक्ष रूपमा छानबिन गर्नु पर्ने बताए । ‘जेनजीको जिम्मा त्यहाँसम्म हुनुपर्छ, जहाँसम्म उनीहरूको सहभागिता थियो । आफू सहभागिता नभएको घटनामा जेनजी पुस्तालाई दोषारोपण गरिनु हुँदैन,’ उनले भने ।

विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीमा भएको कमीकमजोरीको ड्राइभिङ सिटको छेउमा आफूहरू पनि बसेकाले जिम्मेवारी लिने बताए। उनले भने, ‘त्यसलाई हामीले स्विकारेरै भनेका हौँ। अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन। नयाँ परिस्थिति निर्माण गरेर मनस्थिति र सोचलाई बदल्नुपर्छ।’

धेरै पढिएको