२० चैत्र २०८२, शुक्रबार
Follow Us

सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८२, शुक्रबार ०३:३७

काठमाडौँ । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो ।

तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २: ३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ ।

चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो । प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ ।

धेरै पढिएको