काठमाडौं । सांसद महावीर पुनले आफ्नो आत्मकथा किताब बेचेर कृषि कारखाना चलाउने संकल्पमाथि गरिएको टिप्पणी दखद् रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कुनै एक विद्वान वैज्ञानिकले अंग्रेजी भाषामा गरेको टिप्पणी दुखलाग्दो रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘दुख लाग्यो– विदेशका विश्वविद्यालयहरुमा धेरै नै पढेका एक जना एकदमै विद्वान वैज्ञानिक अनुसन्धानकर्ता डाक्टर साहबले महावीर पुनले आफ्नो आत्मकथाको किताब बेचेर कारखाना चलाउँदा नेपाललाई फाइदा छ कि छैन भन्ने कुरामा गहन अनुसन्धान नगरेर कुरै नबुझीकन अंग्रेजी भाषामा गरेको गरेको टिप्पणी देख्दा ।’
उनले सो टिप्पणी कसले गरेका हुन् भनेर खुलाएका छैनन् ।