१६ जेष्ठ २०८३, शनिबार
Follow Us

जागिर हुनेलाई तलब थपिदिने, बेरोजगारलाई विदेश खेदाउने वाहियात नीति: हर्क साम्पाङ

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०८३, शनिबार १४:४१

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेटमा सरकारले ल्याएका नीतिलाई वाहियात भनेका छन् । सामाजिक सञ्जालमार्फत उनले युवालाई रोजगारी दिने कार्यक्रम नल्याई कर्मचारीको तलब बढाउने नीतिको उनले आलोचना गरे । हुनेलाई थपिदिने र नहुनेलाई विदेश खेदाउने नीति ल्याइएको आरोप लगाए ।

‘युवालाई रोजगारी छैन, हुने कर्मचारीको तलब बढाइदिने । हुनेलाई थपिदिने, नहुनेलाई विदेश खेदाउने ? यस्तो वाइयत नीति’, उनले लेखेका छन् । यसअघि उनले जागिर हुनेलाई अझै थपिदिने तर नहुनेलाई विदेश पलायत हुन बाध्य बनाउने के यही हो त न्यायोचित अर्थ व्यवस्था ?’, भन्ने प्रश्न गरेका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहँदा साम्पाङ बीचैमा उठेर हिंडेका थिए ।

धेरै पढिएको