२ आश्विन २०८३, शुक्रबार
Follow Us

बेलायतका लागि नेपाली राजदूतमा गौरव शमशेर जबरा सिफारिस, को कहाँ ?

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८३, शुक्रबार १०:३१

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेलाई सिफारिस गरेका छन् ।

त्यस्तै चीन मामिला विज्ञ कल्याणराज शर्मालाई चीनको राजदूतमा सिफारिस गरिएको छ । त्यस्तै सुरक्षा विज्ञ चिरनजंग थापालाई अमेरिकाका लागि राजदूत सिफारिस गरिएको छ । यसअघि भारतका लागि नेपाली राजदूतमा चर्चामा रहेका पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

त्यस्तै आप्रवासन विज्ञ सरू जोशीलाई जर्मनीका लागि राजदूत सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेपछि उम्मेदवारहरूको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन हुनुपर्छ, त्यसपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) आएपछि मात्र राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

को कहाँ ?

१. निश्चलनाथ पाण्डे- भारत

२. कल्याणराज शर्मा- चीन

३. चिरनजंग थापा-अमेरिका

४.गौरव शमशेर जंगबहादुर राणा-संयुक्त अधिराज्य (यूके)

५. जिग्यानकुमार थापा – जापान

६. सुरेशकुमार कर्ण – इजरायल

७. प्राप्ति शेरचन – स्पेन

८. शरू जोशी- जर्मनी

९. पद्माक्षी राणा- ओमान

१०. चूडामणि खरेल- मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ- दक्षिण कोरिया

धेरै पढिएको