२९ भाद्र २०८२, आईतवार
Follow Us

बाम गठबन्धनका उम्मेद्वार यौन काण्डका भागी

nepalbritain news
१० मंसिर २०७४, आईतवार ०४:५५

सिन्धुली निर्वाचन क्षेत्र नं २ प्रदेश सभा सदस्य (क) का उम्मेद्वार विनोद खड्काको उम्मेद्वारीले अहिले जिल्लावासीको ध्यान केन्द्रित गरेको छ ।
उनको उम्मेद्वारीको टुङ्गो लागेसँगै विगतमा गरेको यौन काण्डले जिल्लावासीलाई थप ध्यान केन्द्रित गरेको छ । नेकपा एमालेका संगठित सदस्य सुवास देवकोटाले घटनाको छानविन गरी कारबाही गरीपाउँ भनी नेकपा एमालेको केन्द्रिय कार्यालयमा दिएको निवेदन अनुसार कमलममाई नगरपालिका वडा नं ११ स्थित आफ्नो घरमा घर कुर्नका लागि राखिएकी मेरी मामाकी छोरी शारदा कार्कीसँग नेकपा एमाले नगर कमिटिका तत्कालीन सचिव विनोद खड्काको यौन सम्बन्ध रहेका र ६ महिनाको गर्भ समेत रहेको उल्लेख गरिएको छ । शारदा कार्कीसँग अनैतिक यौन सम्बन्ध रहेको कुरा बाहिर आएपछि विनोद खड्कालाई तत्कालीन पार्टीका जिल्ला कमिटि सचिव केशव देवकोटाको रोहवरमा सचिवालय बैठकले ३ वर्षका लागि पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरियो ।

आफ्नी बहिनी शारदा कार्कीसँग खड्काको यस्तो अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि शारदाका दाजु अर्जुन कार्की बहिनीलाई भेट्न पहाडबाट सदरमुकाम आए । तर विनोदले दाजु बहिनीको भेट हुनै दिएनन् । आफ्नो बहिनीलाई कहाँ, कस्तो अवस्थामा राखेको छ भनी थाहा पाउनबाट समेत बञ्चित बनेका अर्जुन कार्कीसँग शारदालाई भेट गर्न नदिई विनोद बेपत्ता भए । अर्जुन कार्कीले बहिनीको ज्यान खोजी गरिपाउँ भनी साउन १५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएका छन् ।

कार्कीका अनुसार उनकी बहिनी अहिले पनि कहाँ , कस्तो अवस्थामा छिन् थाहा छैन । तत्कालीन पार्टी सचिव देवकोटाको निर्देशनमा विनोद खड्काले परिवार नियोजन गरेर शारदा खड्कालाई जबरजस्ती गर्भपतन गर्न लगाई खड्काले खाइजिविका मिलाएको तथ्य बाहिर आएको छ ।
विनोद खड्काले अमानवीय र अनपेक्षित व्यवहार एउटी महिलामाथि गरेकाले सो व्यक्ति पार्टीको नेता तथा कार्यकर्ता पनि बन्न नसक्ने उल्लेख गर्दै पार्टीको विधान अनुरुप खड्कालाई कारबाहीको माग गर्दै नेकपा एमाले संगठन विभागमा पार्टीका संगठित सदस्य सुवास देवकोटाले निवेदन दिएका छन् । तर पार्टीले कारबाही गर्नुको साटो टिकट दिएर उनलाई पुरस्कृत गरेको छ

-मिडिया डबलीबाट ।

धेरै पढिएको