मुख्य समाचार

राज्यमन्त्रीको नाममा ४१ लाख ठगेर फरार

काठमाडौँ । घोराही उपमहानगरपालिका १५, दाङका २७ बर्षीय विशाल बस्नेत श्रम राज्यमन्त्री डिल्ली चौधरी मार्फत डेनमाार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ असुलेर फरार भएका छन्।

सरारी कोटामा डेनमार्क पठाउने स्वीकृति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर भागेका हुन्।

ठगिएका सबै बस्नेतकै छिमेकी हुन्। श्रम राज्यमन्त्री चौधरी हाम्रै जिल्लाका माननीय हुन्। बस्नेतले मन्त्रीस्तरको निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै सरकारी कागज देखाए।

मन्त्रीसँग आफ्नो नजिकको सम्बन्ध रहेको र उनैमार्फत डेनमार्क पठाईने भनेर जिम्मा लिए, पीडित डोकराज कालाथोकीले भने, ठगिएपछि मात्र थाहा भयो, यो विषयमा न मन्त्रीलाई थाहा रहेछ न उनीसँग बस्नेतको कुनै सम्बन्ध नै रहेछ।
-कान्तिपुर दैनिकबाट ।

About the author
nepalbritain news

nepalbritain news