मुख्य समाचार
हात्ती दुब्लाएको जस्तै हो, कांग्रेस : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौँमा आयोजना गरेको सरकारविरुद्धको विरोध सभामा बोल्दै कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर नभएको बताएका छन् । उनले कांग्रेसलाई हात्ती दुब्लाएको र कम्युनिस्टलाई बोका मोटाएको संज्ञा दिँदै यी दुबै अवस्था नमिल्दो भएको बताए । ‘कांग्रेस कमजोर भए पनि हात्ती दुब्लाएको जस्तै हो, सानो भयो भन्न मिल्दैन,’ उनले भने, ‘कम्युनिस्ट बोका मोटाएको जस्तो हो, यो कसरी मिल्छ ?’
उनले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन समेत आग्रह गरे । ‘दुई तिहाईको माला जप्दै, रुँदै सत्ता बाहिर निस्कनु पर्ने छ,’ उनले भने, ‘हामीले आन्दोलन चाहेका होइनौं, सरकारले अधिनायकबादी चरित्र देखाएकोले आन्दोलनका लागि बाध्य भएका हौं ।’

