८ आश्विन २०८२, बुधबार
Follow Us

१५ लाख घुससहित इन्जिनियर पक्राउ

nepalbritain news
५ श्रावण २०७६, आईतवार ०३:२९

गुलरिया : ठेक्काको कमिशन लिइरहेको अवस्थामा अख्तियारले कर्णाली नदी व्यवस्थापन आयोजना राजापुरका तीन इन्जिनियरसहित एकजना चालकलाई पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले एक होटलबाट इन्जिनियर विश्वेश्वरप्रसाद शाह, हरिप्रसाद चौधरी, कमलप्रसाद सिटौला र सवारी चालक टंकप्रसाद ओझालाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई कर्णाली नदी व्यवस्थापन आयोजनाको निर्माण कार्यको भुक्तानी वापत १५ लाख रुपैयाँ बुझ्दै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जले जनाएको छ। उनीहरुले ठेक्का वापतको १५ प्रतिशत कमिशन बुझेको बताइएको छ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको