९ कार्तिक २०८२, आईतवार
Follow Us

अमेरिकाले दिएका दुई स्काई ट्रक काठमाडौंमा

nepalbritain news
२३ मंसिर २०७६, सोमबार ०५:१६

अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा स्काई ट्रक काठमाडौं आइपुगेको छ।

अमेरिकाले नेपाली सेनालाई सहयता स्वरुप प्रदान गरेको दुई स्काई ट्रक आइतबार बिहान अवतरण गरेको हो।

‘एम–२८’स्काई ट्रक विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।

‘एउटा स्काई ट्रकमा १८ जना यात्रु बोक्न मिल्छ भने २३ सय किलो क्षमताको सामाग्री बोक्न सक्छ’ पाण्डेले भने, ‘पुस २ गते अमेरिकी राजदूतले प्रधानसेनापतीलाई हस्तान्तरण गरेपछि ती स्काई ट्रक प्रयोगमा आउँछन्।’

दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८ लाख ९८ हजार अमेरिकी डलर रहेको छ। २०७४ पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अमेरिकासँग स्काई ट्रक माग्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपाली सेनाले २०७४ पुस ७ गते स्काई ट्रकका लागि पत्र पठाएको थियो।

अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई जहाज उपलब्ध गराएको हो।

यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक दिने घोषणा गरेकोमा थप दुई जहाज २०२१ सम्म आइपुग्ने सेनाले जनाएको छ। सेनाका अनुसार बाँकी दुईमध्ये एउटा जहाज एयर एम्बुलेन्स हो।
सेतोपाटी

धेरै पढिएको