ब्रेकिङ न्युज

एनआरएन लाप्राक एकीकृत नमुना बस्तीको काम सकेर सेना फर्कियो, छिट्टै हस्तान्तरण हुने

धार्चे । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधिन एकीकृत नमुना बस्तीबाट नेपाली सेना फिर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लाप्राकका भूकम्प पीडितका लागि गुप्सीपाखामा ५ सय ७३ घर निर्माण गरिरहेको छ । सुरक्षा र पुननिर्माणमा सहयोगका लागि भन्दै २०७३ माघ बाट नेपाली सेना गुप्सीपाखामा खटिएको थियो ।

एनआरएनएका अध्यक्ष कुमार पन्तसँग सल्लाह गरेर गुप्सीपाखा छाडेको रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताए। अब फिनिसिङको काम बाँकीरहको र सेनाको तर्फबाट गर्ने भनिएको काम सकिएको उनले भने । पछिल्लो समय रणसिंह दल गण अन्तर्गत क्याम्प्टेन विजय गिरी नेतृत्वको ३० जना सेना गुप्सीपाखामा खटिएका थिए । कामको प्रकृति अनुसार एक सय ७३ जना सम्म नेपाली सेना लाप्राक बस्ती पुननिर्माणमा खटिएको केसीले जनाए । लाप्राक बस्तीमा मात्र नेपाली सेनाको तर्फबाट आठ करोड रुपैयाँ वरावरको श्रमदान भएको उनले जानकारी दिए।


बस्ती निर्माण शुरु गर्दा एक वर्ष भित्र काम सक्ने गरि नेपाली सेनासँग सम्झौता भएको थियो । बस्ती निर्माणले पुर्णता नपाउँदा यस अघि दुई पटक म्याद थप गरि नेपाली सेनाले पुननिर्माणमा सहयोग गर्दै आएको थियो । गत असोज महिनामै नेपाली सेनाले अस्थायी क्याम्प छाड्ने तयारी गरेपनि एनआरएनएको आग्रहमा मसिर २९ सम्म पुनः म्याद थप भएको थियो ।नेपाली सेना बाहिरिएपछि बुधवार गुप्सीपाखामा नेपाल प्रहरीको अस्थायी पोष्ट स्थापनाको तयारी गरिएको छ । एनआरएनएका कामदारको अलवा नेपाली सेनाले बस्तीको घरको जग निर्माण देखिकै काम गरेका थिए । खाल्डा खन्ने, गारो लगाउने, वायल्डीङ, रङ लगाउने छाना छाउने सबै जसो काम नेपाली सेनाबाट भएको एनआरएनएले जनाएको छ ।

बस्ती निर्माण अन्तिम चरणमा पुगेको बतनएको छ । घर निर्माणको ९० प्रतिशत काम सकिएको र शौचालय ४० प्रतिशत मात्र बन्न बाँकी छ ।गुप्सीपाखामा घर ठडीएपनि तलामा काठ विछ्याउने काम बाँकी छ । हिउँ नपग्लदा गत शुक्रबारबाट बस्ती पुननिर्माणको काम रोकिएको रेडियोकान्तिपुरले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्