बाग्लुङमा पहिलो पटक आइसीयु सेवा शुरु
बागलुङ । कोरोना भाइरस संक्रमितको संख्या धेरै देखिए पछि धौलागिरी अञ्चल अस्पतालको विस्तार गरिएको छ ।
बागलुङ बजारस्थित धौलागिरी अञ्चल अस्पतालमा पहिलो पटक कोरोना संक्रमण परीक्षणको र्यापिड टेस्ट शुरु लगत्तै आइतवार देखी आइसीयु सेवा शुरु गरिन लागिएको सांसद डा. सूर्य पाठकले जानकारी दिए । बागलुङमा आइसीयु सेवा पहिलो पटक संचालनमा आएको हो ।
बेल्जियबाट बाग्लुङ्ग गएकी एक महिलालाई कोरोना संक्रमण भए पछि जिल्लाभर मानिसहरु शसंकित भए पछि कोरोना संक्रमण बिरुद्ध लड्न अस्पताल प्रशासनले नयाँ नीति अवलम्वन गरेको थियो । 
सम्भव भएसम्मका वार्डलाई आइसोलेसन बनाउने, औषधि, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा परिचालित गर्ने तयारी अस्पतालले गरेको छ।
डा पाठकका अनुसार सोही अस्पतालमा भेन्टिलेटर सेवा शुरु भैसके पछि जनचाहना अनुरुप अहिले तीनवटा आइसियु सेवा थपिएको हो । पाठकले आवश्यकता अनुसार सो सेवालाई थप प्रभावकारी बनाउदै जाने योजना रहेको बताए ।


