१७ कार्तिक २०८२, सोमबार
Follow Us

अमेरिकामा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलँदै

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७७, शनिबार ०७:३९

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः तीव्र गतिमा फैलिएको छ । अमेरिकामा शुक्रबार ८४ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । यो एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै संख्या हो ।

यसअघि गएको जुलाई १६ मा ७७ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको थियो । महामारी विरुद्धको कमजोर प्रयासलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना हुँदै आएको छ । आफै संक्रमित भएका ट्रम्पले भने अमेरिकामा संक्रमण चाँडै सकिने बताउने गरेका छन् ।

उनलाई नोभेम्बर तीनमा हुने चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले चुनौति दिँदै छन् । चुनावमा महत्वपूर्ण मानिएका ओहायो, मिसिगन, नर्थ क्यारोलाइना, पेनसिलभेनिया र विस्कनसिनसहितका राज्यमा संक्रमण तिब्र गतिमा फैलिएको छ अमेरिकाका हालसम्म ८७ लाख ४६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । कोरोनाबाट २ लाख २९ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

धेरै पढिएको