ताजा खबर

मसाज पार्लरमा गोलीबारी, आठ जनाको मृत्यु

अमेरिकी राज्य जर्जियाको एटलान्टाका विभिन्न तीन स्थानमा रहेका मसाज पार्लरमा गोलीबारी हुँदा ४ महिलासहित ८ जनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन्। घटना एटलान्टाको महानगरीय क्षेत्रमा भएको हो। एटलान्टा प्रहरीका अनुसार दुई घटना उत्तरपूर्वी एटलान्टा र चेरोकी काउन्टीको उत्तरपश्चिममा भएको हो।

चेरोकी काउन्टीमा भएको घटनामा संलग्न भएको आरोपमा २१ वर्षीय रोबर्ट आरोन लंगलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई क्रिस्प काउन्टीमा राखिएको छ । यो स्थान एटलान्टा भन्दा १५० माइल टाढा दक्षिणमा छ।

चेरोकी काउन्टीका प्रवक्ता जय बेकरका अनुसार जर्जियाको एकवर्थ नजिक रहेको योङ्ग एसियन मालिश केन्द्रमा गोलीवारी भएको थियो । प्रहरी त्यहाँ पुग्दा ५ जना घाइते अस्वस्थामा भेटिएका थिए। घटनास्थलमा २ जनाको निधन भएको थियो भने अस्पतालमा तीन जनाको मृत्यु भएको बेकरलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता