संवैधानिक इजलासमा सरकारी वकिललाई प्रश्नै प्रश्न
काठमाडौ । संसद विघटन सम्बन्धी रिटको सुनवाईका क्रममा संवैधानिक इजलासमा न्यायाधीशहरुले सरकारी वकिललाई निरन्तर प्रश्नहरु गरेर -याख-याख्ती पारेका छन् । नायव महान्यायाधीवक्ता पदम पाण्डेलाई बहसका क्रममा प्रधानन्याधीश चोलेन्द्रशम्सेर राणा, न्यायधीशहरु मिरा खड्का र ईश्वर खतिवडा दोहो-याई तेहे-याएर प्रश्न गरे ।
नायव महान्यायाधीवक्ता पाण्डेले बहस गरिरहँदा न्यायाधीश ईश्वर खतिवडाले प्रश्नहरु सोधेपछि उनले ठोस रुपमा जवाफ दिन सकेनन् । पाण्डेले बहस नोटमा अदालतको आदेशका कारण नेपालमा राजनीतिक अस्थिरता श्रृजना भएको उल्लेख गरेका थिए । यसअघि विघटित संसद अदालतले पुनर्स्थापना गरेपछि नेपालमा राजनीतिक अस्थिरता बढेको बहस नोटमा उल्लेख छ ।
त्यसपछि न्यायाधीश खतिवडाले नायव महान्यायाधीवक्ता पाण्डेलाई सोधे, ‘राजनीतिक अस्थिरताको कारण अदालतको आदेश भन्नुभएको रहेछ । के अदालतले आदेश दिएकै कारण नेपालमा राजनीतिक अस्थिरता आएको हो भन्ने प्रश्न गरे । नायब महान्याधीवक्ता पाण्डेले भारतमा पनि संसद विघटनले गर्दा राजनीतिक अस्थिरता भएको र त्यसपछि चुनावमार्फत स्थिरता कायम भएको उदाहरण दिएका दिए ।
न्यायाधीश खतिवडाले पाण्डेलाई रोक्दै नेपालमा त विघटनपछि झन अस्थिरता भएको छ नि भन्दै प्रतिप्रश्न गर्दै २० ५१ सालमा र अहिले पनि यस्तै भएको उदाहरण दिए । पाण्डेलाई न्यायाधीश मिरा खड्काले पनि प्रश्न गरिन् । उनले संविधानको धारा ७६ को उपधारा (५) मा विश्वासको मत प्राप्त गर्न सक्ने आधार भनेको उल्लेख गर्दै तपाईँले बहसका क्रममा विश्वसनीय आधार भनेर नलेखिएको कुरा पढ्नुभो र यो आधार परीक्षण गर्ने काम राष्ट्रपतिको हो कि संसदको भनि प्रश्न गरिन् ।
नायव महान्यायाधीवक्ता पाण्डेलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले ७६ को उपधारा (३) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ४ को परीक्षण नगरेरै धारा ७६ को उपधारा (७) बमोजिम संसद विघटन गर्न मिल्छ भन्दै दोहो-याएर प्रश्न गरेका थिए । प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाई सकिएको छ । आज सरकारको पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।
संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी छ । मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् । सरकार पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये १ घण्टा सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीका लागि छुट्याइएको छ ।

