२६ श्रावण २०८२, सोमबार
Follow Us

नागरिकता विधेयक संसदमा: एनआरएनले नागरिकता पाउने

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७८, बुधबार ०३:११

काठमाडौं । सरकारले बुधबार नागरिकतासम्बन्धीसहित १५ वटा विधेयक पेस गर्दैछ । सरकारद्धारा प्रस्तुत नागरिकता सम्बन्धी विधेयक संसदबाट पारित भए बहुप्रतिक्षारत गैरआवासीय नेपाली नागरिकताको वितरणको बाटो खुल्ले छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पेस गर्ने नागरिकतासम्बन्धी अध्यादेशमा जनमोर्चाले विरोध जनाउने भएको हो ।

गृहमन्त्री वालकृष्ण खाँणले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दैछन् ।

जसको विरोधमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ गठबन्धनको घटक चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नागरिकतासम्बन्धी विधेयकको विपक्षमा उभिने भएको छ ।

धेरै पढिएको