२५ बैशाख २०८१, मंगलवार
Follow Us

क्यान्सर पीडितलाई सहयोग

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७८, शुक्रबार ०८:२७

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गर्नुभएको हो ।

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगतरुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उहाँले स्थानीय सङ्घसंस्था र समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ ।