१५ बैशाख २०८१, शनिबार
Follow Us

समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७८, मंगलवार १३:०१

बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन् । मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए ।

अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गरेका थिए । छलफलपछि उनी मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाएका हुन् । ढकाल रुपन्देहीमा एमालेका पुराना नेताको रूपमा चिनिन्छन् ।