३ श्रावण २०८२, शनिबार
Follow Us

अध्यक्षको रुपमा यो मेरो अन्तिम पटक हो: प्रचण्ड

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७८, सोमबार ११:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा चयन भएपछि पुष्पकमल दाहाल प्रचण्डले यो आफ्नो अन्तिम अवसर रहेको बताएका छन् । अध्यक्ष पदमा शपथ लिएपछि केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको नेतृत्व गर्ने यो आफ्नो अन्तिम पटक भएको बताएका हुन् । उनले उमेर र स्वास्थ्यको कारणले पनि यो आफ्नो अन्तिम पटक भएको बताएका । सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्षमा चयन गरेको थियो । प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।

धेरै पढिएको