लण्डन । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुलाई दिइएको प्रमाणपत्रमा गम्भिर त्रुटी देखिएको छ ।
संघको काठमाण्डौंस्थित सचिवालयले तयार गरेको सो प्रमाणपत्रमा सबै पदाधिकारीहरुलाई निर्वतमान अध्यक्ष कुमार पन्तले नियुक्ति दिएको उल्लेख गरिएको छ ।
संघको १० औं महाधिवेशनको बन्दसत्रले संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको अध्यक्षतामा एक उच्चस्तरिय समिति मार्फत पदाधिकारहरु निर्वाचित भएको घोषणा गरिएको थियो । तर प्रमाणपत्रमा पन्तले हस्ताक्षर गरेका छन् । संघको विधान अनुरुप ती प्रमाणपत्रमा निर्वाचन समितिका प्रमुखको हस्ताक्षर हुनु पर्ने थियो ।
संघका उपमहासचिव रामशरण सिमखडाले प्रमाणपत्रमा भएको त्रुटी तत्काल सच्याउन ८४ औं बैठकमा माग गरेका छन् ।