१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७९, शुक्रबार ०५:२३

लन्डन । म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन । बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए ।

हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश ग-यो । उसको ६ खेलबाट १५ अंक रह्यो । समान खेलबाट समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै युनाइटेड दोस्रो स्थानमा रह्यो । अब युनाइटेडले फेब्रुअरीमा प्लेअफ खेल्नेछ । यस्तै, समूहबाट सेरिफ र ओमोनिया बाहिरिएका छन् ।

यसैगरी अर्को इग्लिस क्लब आर्सनलले एफसी जुरिचलाई १–० ले स्तब्ध बनायो । आर्सनलका लागि केरान टेरर्निले खेलको १५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसैगरी समूह ‘ए’ कै अर्को खेलमा नर्वेको क्लब बोडो ग्लिमेटलाई डच क्लब पीएसभीले २–१ ले पराजित गरेको छ ।